काठमाडौं, २५ असर। सत्ता साझेदार माओवादी केन्द्र संग भद्र सहमति कार्यान्वयन गर्नुको साटो प्रधानमन्त्री केपी ओली सत्ता टिकाउन आफुलाई समर्थन गर्न भनि नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा लाइ गुहार गर्न पुगेका छन् । माओवादी केन्द्रले विगतमा भएको भद्र सहमतिअनुसार नेतृत्व आफूलाई दिन दबाब दिएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलाई फकाउन थालेका छन् ।