Indrenionline.com

हिउँले वस्ती पुरिदा जनजीवन प्रभावित

काठमाडौं, २९ मंसिर । पश्चिमी वायुको प्रभावले देशैभर चिसो बढेको छ भने देशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको हो ।

हिमाली जिल्ला मुगुमा बिहीबार रातिदेखि हिमपात भएको छ । हिमपातले जनजीवन भने कष्टकर बन्दै गएको छ । हिमपात भएपछि अन्न र फलफूल उत्पादन राम्रो हुने भएकाले किसान भने हर्षित छन् नयाँ पत्रिकामा खबर छ।

पर्यटकीय स्थल रारामा १ फिट बाक्लो हिउँ जमेको स्थानीय बलीबहादुर शाहीले बताए । रारामा शुक्रबार पनि हिउँ पर्ने क्रम रोकिएको छैन । हिमपातका कारण त्यहाँको वस्ती समेत प्रिदा जनजीवन प्रभाभित भएको छ ।