काठमाडौं, २५ मंसिर । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेतालाई जनही ९ लाखका दरले नगद पुरस्कार प्रदान गर्ने भएको छ ।
त्यसैगरी रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिने भएको छ । सरकारले खेलाडीहरूलाई राहत प्याकेज उपलव्ध गराउने घोषणा गरेअनुसार सो रकम प्रदान गर्न लागिएको हो ।