Indrenionline.com

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

सप्तरी, २५ मंसिर । एक जना महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका १२ का वडाध्यक्षलाई पक्राउ गरेको छ ।

वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० तिलक भारतीले बताउनु भयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार बिहान साहलाई पक्राउ गरिएको हो ।

स्थानीय एक महिलाले आफूलाई जबर्जस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको डीएसपी भारतीले बताए । रासस