इन्द्रेणी संवाददाता
दाङ २५ असार । तुलसीपुर, २४ असार । प्रहरीले घोराहीवाट एक जना पुरुष र एक जना महिलालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । घोराही नगरपालिका वडा नं. १० निवासी सुनिल गुरुङ र सोही ठाउँ निवासी सान्नानी भनिने सावित्रा पौडेल चौधरीलाई ४०० ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रकाश राज शर्माले जानकारी दिए । पक्राउ परेका दुबै जना विरुद्ध ब्राउन सुगर अन्तरगत मुद्दा दर्ता गरि कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई मानव ओसार पसार तथा विचविखन विरुद्ध मुद्दा दायर गरिएको छ । साथै अदालतवाट म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता शर्माले बताए । मापसे गरि सवारी चलाउने चालक पक्राउ मादक पदार्थ सेवन गरि सवारी चलाएको अभियोगमा प्रहरीले एक जना चालकलाई पक्राउ गरेको छ । प्रहरीले घोराही नगरपालिका वडा नं. ११ निवासी उमाकान्त धितालले मापसे गरि सवारी चलाएको पाएपछि पक्राउ गरि कारवाही थालेको छ । घोराही नगरपालिका वडा नं. २ गौरीगाँउ धारापानीवाट घोराही तर्फ आउँदै गरेको रा १ ख ७९८ नम्वरको वसका चालक धितालले मादक पदार्थ सेवन गरि वस चलाउँदा वस दुर्घटना हुनपुगी ५ जना यात्रु घाईते भएको प्रहरीले बताएको छ । स्थानीय रुटमा वस चलाउँदै आएका धितालको सवारी चालक अनुमति पत्र समेत नरहेको जिल्ला प्रहरी प्रवक्ता प्रकासराज शर्माले बताए