काठमाडौं, २४ मंसिर । नेकपा स्थायी समितिको बैठक पोहोर मंसिर २९ गते बसेको थियो। बीचमा बस्न सकेन। संयोगवश ठीक १ वर्षमा बस्दैछ मंसिर २९ गते नै। अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिइएपछि पार्टीको संगठनात्मक सक्रियता बढेको छ। सोमबार बसेको सचिवालय बैठकले स्थायी समिति डाक्नेदेखि लामो समयदेखि अवरुद्ध पार्टी सञ्चालन प्रक्रियाका गाँठा फुकाएको छ।
नेकपाले पार्टी एकताको १८ महिनापछि एकीकृत पार्टीको अन्तरिम विधान संशोधन गर्न लागेको छ। एक वर्षअगाडिदेखि नै पार्टी स्थायी समितिले विधान परिमार्जन गर्ने सैद्धान्तिक निर्णय गरे पनि प्रक्रिया अवरुद्ध थियो। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।