Indrenionline.com

कोहलपुरमा तनाव, ३ बजेबाट कर्फ्यु

बाँके, २२ मंसिर । विद्यार्थीहरुको आन्दोलनले उग्र रुप लिंदै गएपछि कोहलपुरमा स्थानीय प्रशासनले दिउँसो ३।०० बजेदेखि कर्फ्यु लगाएको छ ।
bandaएक छात्रालाई ट्रकले किचेको घटनाले उग्र रुप लिदैं गएपछि कोहलपुरमा कर्फ्यु लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरको शुरक्षा ब्यवस्थालाई ख्याल गर्दै कर्फ्यु लगाउने निर्णय गरिएको हो ।

आज आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्दलाई ट्रकले किचेको थियो ।