काठमाडौं, २२ मंसिर । पाँच वर्षमा सडक दुर्घटनाका कारण ११ हजार ७२४ नेपालीले ज्यान गुमाएका छन्। आव ०७१/०७२ मा २ हजार ४ जनाले ज्यान गुमाएका छन् भने ०७२/०७३ मा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६ पुग्यो।
पछिल्लो समय हरेक वर्ष १३ हजारभन्दा बढी दुर्घटना हुने गरेका छन्। आव ०७१/०७२ मा ९ हजार १४५ दुर्घटना भएका थिए भने यो संख्या बढेर ०७२/०७३ मा १० हजार १३ पुग्यो। ०७३/०७४ मा १० हजार १७८ दुर्घटना भएको तथ्यांक प्रहरीसँग छ।
०७४/०७५ मा १० हजार ९६५ पुग्यो। ०७५/०७६ मा १३ हजार ३६६ दुर्घटना भए। चालु वर्षको कात्तिकसम्म ५ हजार ९८९ जनाको मृत्यु भइसकेको छ। यी दुर्घटनामा परी प्रत्येक वर्ष ४ हजारभन्दा बढी मानिस गम्भीर घाइते हुने गरेका छन् अन्नपूर्ण पोष्टमा खबर छ ।
०७१/०७२ मा ४ हजार ५३, ०७२/०७३ मा ४ हजार १८२, ०७३/०७४ मा ४ हजार २५०, ०७४/०७५ मा ४ हजार १४४, ०७५/०७६ मा ४ हजार ३७६ र ०७६/०७७ कात्तिकसम्म १ हजार ६९२ जना गम्भीर घाइते भएका छन्। सडक दुर्घटनाको अवस्था चिन्ताजनक रहेको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकाल बताए ।