काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन लामो अस्पताल बसाइ पछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनलाई आन्द्रमा समेत संक्रमण भएका कारण केही दिन अस्पतालमा राखी आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अस्पतालमा गएर प्रधानमन्त्रीसँग भेट गरेकी थिइन् ।