Indrenionline.com

मतदानस्थल नजिकै बम विस्फोट

कास्की, १४ मंसिर । कास्की क्षेत्र नं.२ का लागि उपनिर्वाचनको मदतान भइरहेको वेला मतदानस्थल नजिकै बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शीले बताए । बम विष्फोटवाट कुनै मानविय क्षति भएको छैन । बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो ।

अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।