राजेन्द्र न्यौपाने
गोरखा, १३ मंसीर । गोरखा निर्वाचन क्षेत्र नं. १ का साँसद हरीराज अधिकारीले वन्यजन्तुहरु घरमा पालेर व्यावसायिक उत्पादन गर्नुपर्ने बताएका छन् ।
वनमा डराएर बसेका जनावरहरुलाई घरमा ल्याई व्यवस्थितसँग पाल्दा जनावरको पनि सुरक्षा हुने र पर्यटन विकासमा टेवा पुग्ने उनको भनाई छ । यसबारेमा बन मन्त्रालयमा कुरा भएको उनले बताए । विभिन्न जातका पशुहरु खरिद गर्नका लागि ठूलो मात्रामा स्वदेशी रकम विदेश गएको छ, वर्ग मिल्ने पशुहरुको क्रसबाट यहाँ नै सो जातका पशुहरु उत्पादन गर्न सकिने भएपनि सबैको ध्यान त्यता पुग्न नसेकेको उनले बताए ।
नेपालमा अहिले समूह, सहकारी, व्यक्तिगत फर्महरुले बारबारी, बोयर लगायतका जातका बाख्रा फर्महरु खोलेर व्यवसाय सञ्चालन गरिरहेको र त्यसका लागि चाहिने व्याड, पाठापाठी स्वदेशमा नै उत्पादन गर्न सकिने भएपनि विदेशबाट आयत गर्नुपर्ने बाध्यता रहँदै आएको उनको भनाई छ ।