काठमाडौं, १० मंसिर । राजनीतिक दलहरू दुई वर्षपछि फेरि चुनावी माहोलमा होमिएका छन् । ०७४ को वर्षामा भएको स्थानीय निर्वाचन र हिउँदमा भएको संसदीय निर्वाचनमा विजयी ५२ जनप्रतिनिधिको ठाउँमा उपनिर्वाचन हुन थालेको हो ।
१४ मंसिरमा प्रतिनिधिसभाका एक र प्रदेश सभाका तीन सदस्यका लागि निर्वाचन हुँदै छ । बाँकी ४८ पदमा स्थानीय तहका पदाधिकारी निर्वाचित हुनेछन् । एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि निर्वाचन हुँदै छ । स्थानीय तहका ४८ पदका लागि दुई सय ७३ जना प्रतिस्पर्धामा छन् । यसअगाडि अहिले उपनिर्वाचन हुने क्षेत्रमा कसले जितेका थिए र प्रतिस्पर्धी दलको अवस्था के थियो भनेर हामीले तथ्यांक प्रस्तुत गरेका छौँ । नयाँ पत्रिकाबाट