सल्यान, ९ मंसिर । सल्यानको दानवाङमा पहिलो पटक विद्युत विस्तार भएको छ । संघीय सरकारबाट विनियोजित १ करोड ५८ लाख रुपैयाँको बजेट अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर २ दानवाङमा विजुली बत्ती बलेको हो ।
उनले गाउँमा आएको विद्युतलाई उपयोग गरेर आर्थिक उपार्जनमा लाग्नुपर्ने बताए । वस्नेतले स्थानीय सरकारको पुँजीले नभ्याउने योजनाहरुलाई संघीय सरकारले महत्वका साथ कार्यान्वयन गर्ने जनाउँदै स्थानीय सरकारलाई बलियो बनाउन सकिएमा मात्रै समृद्धि हाँसिल गर्न सकिने धारणा राखे । कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले पालिकाभित्रका सबै वस्तीमा विद्युत विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै स्थानीय सरकारले खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, कला संस्कृतीको क्षेत्रमा पनि लगानी गरिरहेको जनाइन् ।