राजेन्द्र न्यौपाने
गोरखा, ९ मंसिर । आरुघाट गाउँपालिकाले गाउँपालिका भित्र रहेका गरिव किसानहरुका लागि ९ वटा भैंसी र २ वटा राँगो वितरण गरेको छ । पालिकाको पशुसेवा शाखाको वार्षिक विकास कार्यक्रमबाट पहिलो चौमासिक कार्यक्रमको लागि स्वीकृत भएको बजेटबाट ५० प्रतिशत गाउँपालिकाको अनुदानमा ९ वटा उन्नत जातको दुधालु भैंसी र ७५ प्रतिशत अनुदानमा २ वटा ब्याड राँगो बितरण
गरिएको हो ।
गाउँपालिकामा दुग्ध उद्योग स्थापना लागि आवश्यक पर्ने वजेट व्यवस्थापन गरिएको र सबै किसान दाजूभाई दिदीबहिनीहरु मेहनतका साथ उत्पादनमा लाग्नुपर्ने उनले बताए । आरुघाट गाउँपालिकामा उत्पादन गर्न सकिने कुनैपनि बस्तु बाहिरबाट आयात गर्न नहुने उनको भनाई छ । यहाँबाट उत्पादन भएका बस्तुहरु अन्य बजारमा पुर्र्याइ त्यस क्षेत्रका नागरिकहरुको माग पूरा गर्नुपर्ने उनले बताए ।