काठमाण्डौ, ५ मंसिर । नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतलनिवासमा नवनियुक्त छ जना मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ लिएका हुन् ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास, लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, रामेश्वरराय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात र पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गगरेका थिए ।
त्यसैगरी मोतिलाल दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति, रामवीर मानन्धरलाई शहरी विकास र नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री जिम्मेवारी दिइएको छ ।