सल्यान, ४ मंसिर । सल्यानको कपुरकोट गाउँपालिकाले साढे १० हजार स्यानेटरी प्याड विद्यालयमा उपलब्ध गराएको छ ।
छात्राहरुको विद्यालय अनुपस्थित हुने दरमा कमी ल्याउन यो कार्यक्रम प्रभावकारी देखिएपछि विद्यालयको आवश्यकता अनुसार स्यानेटरी प्याड वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले जानकारी दिए ।
चालु आर्थिक वर्षको लागि गाउँपालिकाले आफ्नो पालिकाका सबै माध्यमिक विद्यालयमा पुगेर सात हजार प्याड वितरण गरेको हो । पाँच वटा मावि रहेको कपुरकोटमा एउटा विद्यालयमा एक हजार चार सय पिस प्याड वितरण गरिएको दाहालले जनाए । गत आर्थिक वर्ष एक विद्यालयमा सात सयको दरले तीन हजार पाँच सय प्याड वितरण गरिएको थियो ।