काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी ओलीले आज बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि बिहान ९ बजे नेकपा सचिवालय बैठक डाकिएको छ ।
आफूलाई अध्यक्ष प्रचण्डले मन्त्रीमा दोहोर्याउन नसक्ने जानकारी गराइसकेको पनि यादवले बताए । ‘मलाई अध्यक्ष प्रचण्डले बोलाएर मन्त्री पदमा दोहोर्याउन नसकिने भयो भन्नुभएको थियो,’ उनले भने, ‘अरू को–को हट्दै छन्, को थपिँदै छन् थाहा भएन ।’ प्रधानमन्त्री ओलीले मन्त्रीबाट हट्ने र मन्त्री बन्नेको नामबारे बैठकमा कुनै जानकारी दिएका छैनन् । नयाँ पत्रिकाबाट