Indrenionline.com

सल्यानमा जीप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु

सल्यान, २८ कार्तिक । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मुत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

फलावाङबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४६० नम्बरको जीप त्रिवेणी गाउँपालिका ४ बडाखोलामा दुर्घटना हुँदा दुईजनाको  मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मुत्यु हुनेमा सोही गाउँपालिका ४ फलावाङ बस्ने ५९ वर्षीया योगी थापा र सोही ठाउँ बस्ने ५४ वर्षीया कृष्णदेवी परियार रहेका छन् ।