Indrenionline.com

चार आयोगका पदाधिकारी चयन

काठमाडौं, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज वसेको सचिवालय बैठकले चारवटा आयोग र एउटा प्रतिष्ठनमा पदाधिकारीको चयन गर्ने निर्णय गरेको छ

बैठकले पार्टीको केन्द्रिय अनुशासन आयोगमा अमृतकुमार बोहरा तथा सचिवमा असोककुमार रोकायलाई चायन गरेको छ । त्यस्तै केन्द्रीय लेखा आयोगमा पुष्प कडेल तथा सचिवमा टेकेन्द्र आचार्य चयन भएका छन् ।

त्यस्तै केन्द्रिय सल्लाहकार समितिको केशब बडाल र सचिबमा नन्दकुमार थापा छन् ।। वालुवाटारमा वसेको बैठकले निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधब पौडेल, ज्येष्ठ कम्युनिष्ट मञ्चमा नन्दकुमार प्रसाइँ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरेको छ ।