सहमती र सहकार्यबाट अघि बढ्ने सहमती
सिसहनियाँ २४ असार । सहमती र सहकार्यबाट सहकारी सस्थाहरु एकिकरण हुन सक्ने शुक्रवार सिसहनियाँमा आयोजित एक कार्यक्रमका
जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षता एवम् जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जन कुमार पौडेलको प्रमुख आतिथ्यामा भएको भेलाले सहकारी संस्थाहरु एकिकरण गर्न निकै चुनौती र समस्या भएको बताएका थिए । भेलालाई सहजीकरण गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जन कुमार पौडेलले सहकारी संस्था एकिकरण भए सफल र नमुना सहकारी बन्ने बताएका थिए ।
साथै उहाँले सहकारी सहकारी बिच भएको मनमुटाव अन्त्य भई कारोबारमा समेत वृद्धि हुने बताउनु भयो । प्रमुख अतिथि समेत रहनु भएका पौडेलले सहकारी एकिकरणले दोहोरो सदस्य हुने समस्या समेत हटेर जाने बताउदै सम्पुर्ण सहकारीहरुलाई आगामी साउन महिना भित्र एकिकरण गर्न अनुरोध समेत गर्नु भयो ।