दैलेख, २३ कार्तिक । कर्णाली प्रदेशका ७३ प्रतिशत नागरिकले अझै पनि विद्युत् सुविधा पाउन सकेका छैनन् । आर्थिक सर्वेक्षण २०७५र७६ को तथ्यांक अनुसार कर्णालीका २७ प्रतिशत नागरिकमा मात्र विद्युत् पहुँच छ ।
जिल्लाका अधिकांश ठाउँमा साना जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पुर्याइएको छ । प्राधिकरणका अनुसार यस्ता आयोजनाको उत्पादन क्षमता ५०० किलोवाट भए पनि २३७ किलोवाट मात्र उत्पादन हुँदै आएको छ ।
कालीकोटका रास्कोट, खाँडाचक्र नगरपालिका, शान्नित्रिवेणी गाउँपालिका लगायत केही स्थानीय तहमा मात्र बिजली बत्ती विस्तार भएको छ । कर्णालीको सबैभन्दा धेरै विद्युतीकरण सुर्खेतमा भएको प्राधिकरणको प्रदेश कार्यालय, सुर्खेतले बताएको छ । कर्णालीको विद्युतीकरण योजनामा प्रदेश सरकारले खासै चासो दिएको छैन ।
प्रदेशको भौतिक विकास मन्त्रालयको खानेपानी तथा ऊर्जा विकास महाशाखाले जनशक्ति अभावका कारण काम अघि बढाउन समस्या भएको बताएको छ । महाशाखाका इन्जिनीयर नवीन थापाले प्रदेश सरकारको ‘रातो किताब’मा विद्युतीकरणको योजना राखिए पनि काम अघि नबढेको स्वीकारे । ‘हामी प्राधिकरणसँग मिलेर काम गर्ने तयारीमा छौं,’ उनले भने, ‘डीपीआर तयार भएपछि आप्mनै बजेटबाट काम अघि बढाइने भनिए प्रदेश सरकारसँग हालसम्म कुनै योजना छैन ।’
‘साना–साना जलविद्युत् आयोजनाबाटै विद्युत् विस्तार गर्ने भन्ने प्रदेश सरकारको अवधारणा छ,’ थापाले भने । अहिले प्रत्येक जिल्लामा खानेपानी तथा ऊर्जा कार्यालय स्थापना भएको र यसैमार्पmत त्यहाँको मागको आधारमा काम अघि बढाइने उनले बताए । गतवर्ष विद्युत् लाइन विस्तारका लागि ७ जिल्लामा ३० करोड विनियोजन गरिए पनि काम नहुँदा फ्रिज भएको उनले जानकारी दिए । यो वर्ष त्यसका लागि टेन्डरहरू भइरहेको र २५ करोड रकम विनियोजन गरिएको उनले बताए । अभियान दैनिकबाट