दार्चुला, २३ कार्तिक । नेपाल–भारत सीमा समस्याको प्रमुख कारण पश्चिमी सीमा बिन्दु यकिन नहुनु नै हो। नेपालले आफ्ना प्रमाणका आधारमा गर्दै आएको दाबीलाई भारतले नमान्दा यो समस्यमा आएको हो।
भारतले हडपेको कालापानी र लिपुलेकका विषयमा नेपालले आफ्नो दाबी गर्दै आए पनि लिम्पियाधुराको विषयमा सरकार मौन छ, त्यो क्षेत्रसमेत नेपालको भएको प्राचीन दस्तावेजहरुमा पाइन्छ। भारतले कुटियांगदी भन्दै आएको नदीलाई नयाँ नक्सामा काली लेखेको छ नागरिक दैनिकमा खबर छ।
अतिक्रमित नेपाली भूमिमा पर्ने पाँचवटा गाउँका बासिन्दा अहिले भारतीय नागरिक बनिसकेका छन्। उनीहरुले भारतीय नागरिकता र आधारकार्ड मात्रै पाएका छैनन् राज्यका उच्च तहमा समेत त्यसक्षेत्रका बासिन्दाको उपस्थिति छ। भारत सरकारले प्रशासनिक, शैक्षिक र राजनीतिक स्तरमा त्यसक्षेत्रका बासिन्दालाई प्राथमिकता मात्रै दिएको छैन, आरक्षण पनि दिएको छ।