विराटनगर, २२ कार्तिक । विभिन्न समयमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्नेहरूबाट ३ करोड भन्दा वढी रकम असुली भएको छ ।
ठगलाई कारबाहीसहित थप ३ करोड रूपैयाँ उठाउन बाँकी रहेको कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सन्जेलले बताए । वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारमा भएको ठगीको मुद्दा हेर्ने अधिकार वैदेशिक रोजगार विभागलाई दिएको छ ।