काठमाडौं, २१ कार्थिक । त्रिभुवन विश्वविद्यालयले परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिका साट्ने गरेको खुलेको छ । परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ ।
त्रियुगाकी विद्यार्थी ९क०ले शिक्षा संकाय स्नातक दोस्रो वर्षको करिकुलम एन्ड इभ्यालुएसन ९३१४० को परीक्षा २० असार ०७५ मा दिइन् । गाईघाटकै बरुवा क्याम्पसकी ९ख०ले व्यवस्थापन संकाय स्नातक दोस्रो वर्षको फन्डामेन्टल अफ मार्केटिङ ९२१४० को सोही वर्ष १५ साउन र फन्डामेन्टल अफ ह्युमन रिसोर्स म्यानेजमेन्ट ९२१६० को १७ साउनमा परीक्षा दिइन् आजको नयाँ पत्रिकामा खबर छ। दुवैको परीक्षा केन्द्र परेको थियो त्रियुगा क्याम्पस ।
९क० का लागि यो परीक्षा अन्तिम थियो । फेल भए पुनः परीक्षा दिन पाउने अवसर थिएन । ९ख० पनि जागिरका लागि जुनकुनै हालतमा पास गर्ने जोडमा थिइन् । तर, कमजोर तयारीका कारण पास हुन सक्ने विश्वास दुवैलाई थिएन । त्यसैले उनीहरूले परीक्षाअघि नै पास हुने ‘सूत्र’ खोजेका थिए । घुस दिन सके पास गराइदिने व्यक्ति पनि भेटाए ।
उनी थिए परीक्षा केन्द्र रहेको त्रियुगा क्याम्पसकै प्रशासन सहायक तेजनारायण चौधरी । चौधरीको ‘सेटिङ’ पनिका बल्खुसम्म थियो । पनिकाका लेखा अधिकृत कमल दाहालसँग उनको निकट सम्बन्ध थियो । दाहालले योजनामा साथ दिने विश्वास चौधरीलाई दिए । त्यसपछि चौधरीले दुवै छात्रालाई आफ्नै घरमा बोलाएर सक्कली प्रश्नपत्रअनुसार नयाँ उत्तरपुस्तिकामा उत्तर लेख्न लगाए ।