Indrenionline.com

कांग्रेसमा उम्मेदवार छान्दा भाँडभैलो

कास्की, २० कार्तिक। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ को उम्मेदवार छान्दा भाँडभैलो भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आफू निकटलाई मात्रै टिकट दिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला आज वसको पदाधिकारीको बैठक नै वहिस्कार गरेका छन् ।

कास्की २ मा उपनिर्वाचनका लागि वरिष्ठ नेता पौडेलको भूगोलमा सभापति देउवाले आफुनिकट ७४ वर्षीय खेम पौडेललाई टिकट दिएपछि भाँडभैलो भएको हो । बैठकमा समूहगत शक्ति सन्तुलन नमिलेपछि बैठक बहिस्कार गरिएको केही नेताहरुले प्रतिक्रिया दिएका छन् ।