काठमाडौं, २४ असार। स्वास्थ्य मन्त्रालयले अनुशासन उल्लघंन गरेको भन्दै ५२ कर्मचारीहरुलाई स्वास्थ्य सेवाबाट बर्खास्त गरेको छ । ६० दिनभन्दा लामो बिदामा बसेपछि उनीहरुलाई मन्त्रालयले बर्खास्त गरेको हो ।
बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी सेवाबाट बर्खास्त गर्न सकिने प्रावधान रहेको छ ।