म्याग्दी, १८ कार्तिक । म्याग्दीमा वस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मालिका गाउँपालिका–७, बिममा आइतबार साँझ बस दुर्घटना भएको हो ।
त्यस्तै मालिका–७, बिमकी ७० वर्षीया सतदेवी भट्टचन, बिम गाउँका ९ वर्षीय बालक रवि जुग्जाली र वडाध्यक्ष सुविन जुग्जालीको छोरी ११ वर्षीया आयुसा जुग्जाली रहेको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । बस सडकबाट झण्डै २ सय मिटर तल खसेका थियो ।