सिन्धुपाल्चोक, १७ कार्तिक । सिन्धुपाल्चोकमा आज भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
बसमा ३० देखि ४० जना यात्रु रहेको र २० जनाको उद्धार गरिएको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउने यात्रुको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।