सुर्खेत, ८ कार्तिक । सुर्खेतमा सञ्चालित पानी उद्योग मापदण्ड पूरा नगरी सञ्चालन भएको पाइएको छ । सम्बन्धित उद्योगले तोकिएको न्यूनतम मापदण्ड समेत नपु¥याई पानी उत्पादन तथा विक्रीवितरण गरिरहेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वय एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको अगुवाइमा आइतवार वीरेन्द्रनगरमा भएको अनुगमनका क्रममा सदरमुकाम वीरेन्द्रनगरका चारओटै उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ ।
अनुगमनमा पानी उद्योगहरू दर्तापछि नवीकरण समेत नभएको पाइएको छ । पानी उद्योगलाई अनुगमन टोलीले प्रक्रिया पूरा गर्न सचेत गराएको ३ महीना बितिसक्दा समेत कारबाही हुन सकेको छैन अभियानमा आकाश तारा वयाले लेख्छन्। नवीकरण नगरेका उद्योगहरूलाई प्रक्रिया पूरा गरेर मात्र उत्पादन गर्न दिनुपर्नेमा अनुगमन टोलीले सचेत मात्र गराएर छोड्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतको आरोप छ । मञ्चका सचिव रामप्रसाद शर्माले तोकिएको मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन गर्ने उद्योगलाई कारबाही गर्न नसक्नु सरकारी कमजोरी रहेको औंल्याए ।