सल्यान, ५ कार्तिक । सल्यानका बजारमा कतिपय पसलहरु गैरकानुनी रुपमा सञ्चालन भएको पाइएको छ ।
कपुरकोट गाउँपालिकाका दुई सयभन्दा बढी पसलमा गरिएको अनुगमनको क्रममा विभिन्न कमजोरीहरु देखिएको अनुगमन समितीका संयोजक अरुण दाहालले जानकारी दिए । गत आइतबार देखि मंगलबारसम्म लगाएर गाउँपालिका भित्रका सबै बजारको अनुगमन भएको उनले जनाए ।
होटलहरुमा सरसफाईको कमी देखिएको, खाना बनाउने र भाँडा माझ्ने ठाउँ नजीकै भएको, कतिपय पसल दर्ता तथा नवीकरण नै संचालन भएको पाइएको उद्योग वाणिज्य संघ सल्यानका सदस्य तथा अनुगमन टोलीका सदस्य कमल घर्ती मगरले जनाए ।