Indrenionline.com

भोटिङ मेसिन बिग्रँदा एनआरएनको मतदान रोकियो

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर सुरु भएको मतदान स्थगित भएको छ। भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित भएको बताइएको छ ।

गैर आवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावको मतदान ुप्रविधिमा आएको समस्याको कारण असोज ३० गते आज बिहान १० बजेसम्मका लागि स्थगित भएकोु निर्वाचन समितिले सूचना निकालेर जनाएको छ।