काठमाडौँ, २९ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज चियापान कार्यक्रम गर्दैछ ।
काठमाडौँको भृकुटीमण्डपमा बुधबार आयोजना गरिने चियापान कार्यक्रमका लागि सम्पूर्ण अतिथिलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।