काठमाडौं, २८ असोज । १४ व्यक्तिको हत्या आरोपमा पक्राउ परेसँगै रौतहट–२ का नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमले सांसदको हैसियत गुमाएका छन् । १२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
संघीय संसद सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले आलम पक्राउको सूचना प्राप्त भएको बताए । प्रतिनिधिसभा नियमावलीको दफा २४४ को उपदफा ३ मा फौजदारी अभियोगमा पक्राउ गरेको जानकारी प्राप्त भएमा थुनामा रहेको अवधिभर सांसदको हैसियतमा कुनै कार्य गर्न कुनै उन्मुक्ति वा अधिकार प्राप्त नहुने उल्लेख छ । नियमावलीले त्यस्ता सांसदको पारिश्रमिक र सेवा सुविधा स्थगित हुने व्यवस्था गरेको छ । आलम अदालतबाट दोषी ठहर भएमात्र उनी निलम्बनमा पर्नेछन् । साथै, अदालतले दोषी ठहर गरे उक्त पद रिक्त हुनेछ । दोषी ठहर नभएसम्म उनी सांसदको लोगो लगाएरै जेलमा रहनेछन् । राजधानीबाट