Indrenionline.com

सी फर्किए स्वदेश

काठमाडौं, २६ असोज । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङ स्वदेश फर्किएका छन् ।
उनी आज मध्यान्न चीन फिर्ता भएका हुन् ।

सीलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका उच्च पदाधिकारीले विदाइ गरेका थिए ।

भ्रमणका क्रममा नेपाल र चीनबीच विविध विषयमा सहयोग आदानप्रदान सम्बन्धी एक दर्जनभन्दा बढी समझदारीपत्र तथा सम्झौताहरूमा हस्ताक्षर भएको छ।