बुटवल, १२ असोज। प्रदेश नम्बर ५ मा आर्थिक वर्ष २०७५ ७६ मा १७ हजार १३५ महिलाले गर्भपतन गराएको तथ्याङ्क छ । तिमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएका छन् ।
यस्तै पाल्पामा ८१५, रुपन्देहीमा एक हजार २९६ र नवलपरासीमा एक हजार २२५ महिलाले गर्भपतन गराएका छन् । यस्तै अर्घाखाँचीमा ७६८, र दाङमा १ हजार ८८६ महिलाले गर्भपतन गराएका छन् । सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिएपनि असुरक्षित गर्भपतन रोकिएको छैन । बरु झन बढ्दै गएको देखिन्छ ।