इन्द्रेणी संवाददाता
दाङ, ९ असोज । शिक्षक सेवा आयोगले सञ्चालन गरेको शिक्षक अध्यापन अनुमति पत्रको लागि परीक्षा आजदेखि शुरु भएको छ ।
आज पहिलो दिन प्राथमिक तहको परीक्षा भइरहेको छ ।
भोली असोज १० गते माध्यमिक र असोज ११ गते निम्न माध्यमिक तहको परीक्षा हुनेछ । यो शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा नयाँ पाठ्यक्रमअनुसारको पहिलो हो ।