Indrenionline.com

कार र बस दुर्घटना हुँदा ६ को मृत्यु २० घाइते

नवलपरासी, ७ असोज । नवलपरासीमा भएको तीन छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । गएराती र आज बिहानै भएका दुर्घटनामा परी २० बढी घाइते भएको छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्बी नवलपरासीको नवलपुरमा भएका दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगको हो भने २० जनाभन्दा बढी घाईते भएको जिल्ला प्रहरीले जनाएको छ ।

गएराती करीव १० वजे समयमा कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर दिदा कारमा सवार पाचै जनाको ज्यान गएको हो ।
ज्यान गुमाउने देबचुली नगरपालिकाका डिलबहादुर ढेंगा,तेजु मगर र पुर्णबहादुर बिकको सनाखत भएको छ भने बाँकी दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्वरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्वरको कार कावासोती ८ स्थित खरकट्टा जंगल क्षेत्रमा एक आपसमा ठोक्किदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

त्यस्तै दाङबाट काडमाण्डौ जाँदै गरेको ना. ७ ख ८६४२ बस अरूणखोलामा दुर्घटना हुदा मकवानपुर हेटौडा घर बताउने वस चालक ३५ बर्षका लक्ष्मण तिमिल्सिनाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भएको छ भने १५ जना यात्रु घाइते भएका छन् ।

यसैगरी आज बिहानै चोरमारामा ना ४ ख ९५१० नम्वरको सुर्खेतवाट बिरगंजका लागी गुडेको वस अनियन्त्रित भई पल्टदा बसमा सवार ५ जना घाइते  भएको प्रहरीले जनाएको छ ।