Indrenionline.com

संविधानले लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गराएको छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको बताएकी छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा आज शुभकामना सन्देशमा यस्तो बताएकी हुन् । भण्डारीले तीन तहका सरकार सञ्चालनमा आएसँगै त्यसअनुरूप संरचना संस्थागत र सुदृढ हुँदै गएको बताएकी छन् ।