काठमाडौं–एक्कासि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्थामा सुधारोन्मुख छ । यद्यपि, कृत्रिम श्वासप्रश्वास दिएर उनको उपचार जारी छ ।
स्वास्थ्य अवस्थाबारे जानकारी लिन बुधबार साँझ ६ बजे अस्पताल पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलाउँदा शशांकले आाखा खोलेर प्रतिक्रिया जनाएका थिए । आँखाले प्रतिक्रिया दिएको केही समयपछि बिस्तारै खुट्टा पनि चलाएको अस्पतालका मेडिकल डाइरेक्टर श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा शशांकलाई भेटेपछि नाताले दिदी पर्ने कांग्रेस नेतृ सुजाता कोइराला भावुक बनेकी थिइन् । भेन्टिलेटर कक्षमा शशांकलाई भेटेर मलीन अनुहार लिएर उनी बाहिरिएकी थिइन् । विराटनगरमा रहेका कारण दाजु शेखर कोइराला भने दिउासो तीन बजे मात्रै काठमाडौं आइपुगेका थिए । अस्पतालमा भाइ शशांकलाई भेटेपछि उनले ‘हाइडोज’को औषधि दिइएको भन्दै शशांक बिस्तारै ‘कमब्याक’ हुने बताए । नयाँ पत्रिकालाई उदृत गर्दै रातोपाटीमा खबर छ ।