प्यूठान, २८ भदौ । बजार नपाउँदा प्यूठान जिल्लाका कृषकले लगाएको आलु बारीमै अलपत्र भएको छ । प्यूठानको नौबहिनी गाउँपालिका १ स्याउलीबाङका अधिकांश कृषकले लगाएको करोडौं रुपियाँको आलु बजार नपाएकै कारण बारीमै कुहिने अवस्थामा रहेको छ ।
‘स्याउलीबाङका सबै घरपरिवारले बर्खे आलु अत्पादन गर्छन्, उनले भने, ‘सडकको पहुँच नहुँदा आलुु आफन्तलाई कोसेली दिनुपर्ने र आफैं उपभोग गर्नुपर्ने बाध्यता छ ।’स्थानीय बाग्दुलाबाट स्याउलीबाङ पुग्न ट्रयाक्टरलाई १४ देखि १६ घण्टासम्म लाग्छ ।
स्याउलीबाङमा एक ट्रयाक्टर सामान ढुवानी गर्न रू।३० हजारभन्दा बढी लाग्ने गरेको नौबहिनी गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष शेर बहादुर सेनले बताए । स्याउलीबाङमा करीब ७० घरपरिवारले २५– ३० टन आलु उत्पादन गर्दै आएका छन् । स्थानीय बजारमा आलुको मूल्य प्रतिकिलो रू।४० रहेको छ । स्याउलीवाङमा ५० हेक्टर जमीनमा आलु खेती हुने गरेको छ ।
तर नौबहिनी गाउँपालिकामा कति आलु उत्पादन हुन्छ भन्ने अभिलेख नत वडा कार्यालयसँग छ नत गाउँपालिकासँग नै छ । गाउँमा सडक नपुगेकाले किसानले वर्षेनी आलु खेतीबाट नोक्सानी व्यहोर्नुपर्ने बाध्यता छ ।
अभियानबाट