Indrenionline.com

कुलोमा डुवेर एक जनाको मृत्यु

इन्द्रेणी संवाददाता
दाङ, २० भदौ । दाङमा कुलोमा डुवेर एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ११ नयाँ वस्ती वस्ने अन्दाजी ३९ वर्षको रुद्रबहादुर गन्धर्वको मृत्यु भएको हो । उनी मृगी रोगी भएको खुल्न आएको छ । घर नजिकैको कुलोमा डुवेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।