Indrenionline.com

कृषिमन्त्रीलाई डेंगुको संक्रमण

काठमाडौं, १९ भदौ । राजधानी लगायत विभिन्न जिल्लामा डेंगुका विरामीहरु वढिरहेका वेला कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ लाई पनि डेंगु संक्रमण देखिएको छ । ज्वरो बढेपछि ग्राण्डी अस्पताल उनी भर्ना भएका छन् ।

मन्त्री खनाललाई बुधबारबाट अस्पतालमा भर्ना गरिएको र अहिले अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिएका छन् । मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउन मन्त्री खनाल निदान हस्पिटल पुग्नुभएको थियो ।

डेंगु संक्रमणको आशंकामा अस्पतालले उहाँलाई बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएपछिट साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेको थियो ।