रुकुम, १९ भदौ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३, अम्बाचौरमा प्रदेश प्रहरी तालीम केन्द्र बन्ने भएको छ । केन्द्रका लागि उपयुक्त ठाउँ भएकोले जग्गा प्राप्तिको काम भइरहेको नगरपालिकाले जानकारी दिएको छ ।
उनका अनुसार अम्बाचौरमा ३ बिघा सार्वजनिक जग्गा छ भने २ बिघा जग्गा नगरपालिकाले खरीद गरेको छ । त्यस्तै २ बिघा स्थानीयले निःशुल्क सहयोग गरेका छन् । ‘सकेसम्म निःशुल्क दिन भनेका छौं, नभए ३० प्रतिशत मूल्य त्यही पनि नभएपछि चलन चल्तीको मूल्य तिरेर जग्गा खरीद गर्ने योजना रहेको छ,’ रोकाले भनिन् ।
प्रहरी प्रशिक्षण प्रतिष्ठानका अधिकारीले अम्बाचौर तालीम केन्द्रका लागि उपयुक्त ठाउँ भएको बताइसकेको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले पनि प्रहरी तालीम केन्द्र बनाउन प्रस्ताव गरिएको अम्बाचौरको निरीक्षण गरिसकेका छन् अभियानमा खबर छ। गत वैशाखमा चौरजहारी आएर भण्डारीले तालीम केन्द्रका लागि अम्बाचौर उपयुक्त भएको र यसको निर्माणमा प्रदेश सरकारले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।