चितवन, ९ भदौ। नुवाकोटका शालिकराम पुडासैनी आत्महत्यालाई दुरुत्सान गरेको आरोपमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन् ।
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।