काठमाडौं, ८ भदौ । केन्याको एक संगठित र ठूलो लागुऔषध माफियाको गिरोहमा एक नेपाली युवतीसमेत संलग्न रहेको खुलेको छ । भारतीय मूलका विवादास्पद व्यापारी अली पुन्जानीको गिरोहमा नेपाली युवती सुस्मिता कार्कीको संलग्नता खुलेपछि उनीमाथि केन्या प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेपछि कार्कीले आफू पुन्जानीको श्रीमती भएको बताएकी छिन् । उनको घरबाट नेपाली युवक शिव बस्याल र भारतीय नागरिक राम मनोजसमेत पक्राउ परेका थिए । बस्याल र मनोज घरेलु कामदार हुन् । उनीहरू तीनैजना अदालतको आदेशमा छुटेका छन् । नयाँ पत्रिकाबाट