काठमाडौं, ८ भदौ । तीन महिनादेखि फैलिएको डेंगुले तीनजनाको ज्यान गएको छ । पछिल्लो दुई हप्तामा सुनसरी, डोटी र चितवनमा डेंगुको संक्रमणबाट एक–एकजनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
यस वर्ष पहिलोपटक ३० वैशाखमा धरानका एक व्यक्तिमा डेंगुको संक्रमण देखिएको थियो । त्यसयता देशभर तीन महिनामा चार हजार तीन सयमा संक्रमण देखिएको छ ।