काठमाडौं, ६ भदौ । शरीरमा एन्टिबडीको मात्रा बढी देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली थप परीक्षणका गर्न बिहीबार अपराह्न सिंगापुरतर्फ गएका छन् । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा मिर्गौलाको कार्यक्षमता र औषधिको प्रभाव सम्बन्धमा परीक्षण हुनेछ ।
प्रधानमन्त्री ओलीले यसअघि १० दिन (साउन १८ गतेदेखि २७ गतेसम्म) सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उनी पुनः सिंगापुर जानुपरेको डा। दिव्यासिंह शाहले बताइन् । डा. शाह सिन ओलीसँगै सिंगापुर गएकी छन् ।
६७ वर्षीय ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको चिकित्सकहरूले बताएका छन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत रहेकी निजी चिकित्सक डा। शाहका अनुसार ओलीको शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको छ आजको अन्नपूर्ण पोष्टमा खबर छ। एन्टिबडी बढ्दा प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको संकेतका रुपमा लिनुपर्ने मिर्गौला रोग विशेषज्ञको भनाइ छ ।