Indrenionline.com

गृहकार्य नपुगेको नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं, ३ भदौ । आज दिउँसो ३ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक तयारी नपुगेको भन्दै स्थिगित भएको छ।

सबै सचिवालय सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेपछि आवश्यक तयारी नपुगेको भन्दै बैठक रोकिएको हो। बैठक भोलि ११ बजे बोलाइएको छ ।