Indrenionline.com

यस्तो छ निर्वाचन आयोगको पञ्चवर्षीय रणनीतिक योजना

काठमाडौँ, ३ भदौ । निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको मस्यौदा सार्वजनिक गरेको छ । नयाँ रणानीति अनुसार आउँदा निर्वाचनमा मतदानस्थलमै मतगणना गर्ने योजना प्रस्ताव गरेको छ ।

त्यस्तै,राजनीतिक दललाई खर्च दिने अनुदान प्रस्ताव गरिएको छ । हालसम्म स्थानीय तहको सम्बन्धित पालिकामा र प्रदेश तथा प्रतिनिधिसभाको मतगणना निर्वाचन अधिकृतको कार्यालयमा हुँदै आएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनको लक्ष्य राखेर तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको मस्यौदा ल्याइएको बताए ।

उनले मतदानस्थलमै मतगणना गर्ने तथा राजनीतिक दललाई राज्यतर्फबाट अनुदान दिने विषय समेटिएको योजनामा प्रस्ताव गरिएको जानकारी दिनुहुँदै मस्यौदाका विषयमा राजनीतिक दल, संस्था वा व्यक्तिगतरूपबाट पनि राय सुझाव दिन सरोकारवालासँग आग्रह गरे आजको गारेखापत्रमा खबर छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार, आयोगले तयार पारेको मस्यौदा योजना कार्यान्वयन गर्न करिब आठ अर्ब पाँच करोड ६० लाख रुपियाँ बजेट लाग्ने प्रारम्भिक अनुमान रहेको छ । नाइ छ ।