Indrenionline.com

पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कावासोती, २९ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा रहेको अरुणखोला पुल भाँचिएको छ ।

बुधवार विहान करीव ४ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले उक्त पुलको एकतर्फी भागमा ठक्कर दिंदा पुल भाचिएको नवलपुर प्रहरीले जनाएको छ ।

पुलको पुर्वदक्षिण भाग अन्दाजी १० मिटर लम्बाई र अन्दाजी १ दशमलव पाँच मिटर गहिराई भाँचिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन् । पुल भाँचिएपछि ठुला सवारीको आवतजावतमा रोक लगाइएको छ ।